१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वतन्त्र पार्टीको प्रस्ताव– प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री,  संवैधानिक परिषद्को खारेजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:२o:oo

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रस्ताव गरेको छ। बिहीबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्दै सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रस्ताव अघि सारेका हो।

प्रदेश प्रमुख पद खारेज गरी सो पदबाट गराइने शपथ राष्ट्रपतिबाट गराइने सो पार्टीले वाचापत्रमा प्रस्ताव गरेको छ। त्यसैगरी, पछिल्लो कम्तीमा १० वर्ष कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्र राष्ट्रपति हुन पाउने विषयलाई उठाइएको छ। वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति निर्वाचित हुने सो पार्टीको परिकल्पना छ।

यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने तथा संवैधानिक परिषद् खारेज गर्ने विषयलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको छ।

ad
ad