१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Monday, 30 June, 2025
सौरभ यादव राजविराज
२o७९ कार्तिक १६ बुधबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनावका वेला पनि सुनेनन् नेताहरूले मिटरब्याजीपीडितको पीडा

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार o६:o७:oo

‘मिटरब्याजीहरूलाई कारबाही गर’

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयअगाडि मंगलबार नाराबाजीसहित प्रदर्शन गर्दै पीडितहरू । खुँखार मिटरब्याजी रामदेव साह तेलीलाई अविलम्ब पक्राउ गर्न माग गरे । पाँच महिनाको अवधिमा उनीहरूले गरेको यो आन्दोलन चौधौँ हो । प्रहरीले साहुकार रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई भने पक्राउ गरेको छ । उनीहरूलाई २२ असारमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मुख्य आरोपी रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाति चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साह भने फरार छन् । फरार रहेकाहरूको खोजी जारी रहेको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए । 

...                           ...

विभिन्न आश्वासनसहित मत माग्दै उम्मेदवार गाउँगाउँ चहारिरहेका छन् । तर, सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीले उठीबास लगाएका पीडितको मर्का भने चुनावका नेताले पनि सुनेका छैनन् । पीडितहरू न्याय माग्दै सडकमा बस्न बाध्य छन् । 

जेठ अन्तिम सातादेखि सडक आन्दोलनमा रहेका उनीहरूले मंगलबार सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयअगाडि नाराबाजीसहित प्रदर्शन गरे । स्थानीय शिव मन्दिर प्रांगणमा भेला भएका पीडितले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर्न माग गरे । पाँच महिनाको अवधिमा उनीहरूले गरेको यो आन्दोलन चौधौँ हो । 

‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन जग्गा राखेर दुई लाख ७० हजार ऋण लिएको थिएँ, अहिलेसम्म उहाँ (साहुकार रामदेव)लाई १२ लाख तिरिसकेँ,’ आन्दोलनमा भेटिएका शीतल यादवले भने, ‘साहुले अझै ४४ लाख तिर्न बाँकी छ, उक्त रकम तिरेपछि मात्रै जग्गा फिर्ता दिन्छु भन्नुहुन्छ ।’ 

४४ लाख नतिरे जग्गा बिक्री गरिदिने धम्कीसमेत दिएको उनले गुनासो गरे । ‘छोराले कमाएको सबै पैसा साहुलाई तिर्दा पनि ऋण चुक्ता भएन । हामी गरिबमाथिको अत्याचार कसैले सुन्दैन । सरकार पनि हाम्रा लागि भएन,’ यादवले भने । 

अर्का पीडित तैयब अलीले जालसाजीपूर्वक घरजग्गा हडपेर साहुकार रामदेवले सुकुमबासी बनाएको गुनासो गरे । ‘हेर्दाहेर्दै साहुकार रामदेवले हामीलाई सुकुमबासी बनाइदिए । जालसाजीपूर्वक घर र जग्गा खाए । हामीमाथि अन्याय भएको छ, न्याय नपाएसम्म संघर्ष गरिरहन्छौँ,’ उनले भने, ‘न्याय नपाए अब मर्छौँ, हामी गरिबसँग अर्को विकल्प छैन ।’ ९५ लाख तिरिसक्दासमेत रामदेवले आफ्नो घरसहित एक बिघा १० कट्ठा जग्गा कब्जा गरेको उनले बताए ।