मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Friday, 14 August, 2026
२o७९ कार्तिक १४ सोमबार २१:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुस्तामा डुंगा पल्टिँदा तीनजनाको मृत्यु, दुई गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार २१:३३:oo

पश्चिम नवलपरासीको सुस्तामा सोमबार अपराह्न डुंगा पल्टिँदा तीनजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ। 

मृत्यु हुनेमा सुस्ता गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नर्सही गोकुलनगरका युवा हुन्। उनीहरूको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ। 

सुस्ता ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका युवाहरू डुंगा चढेर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन्। तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

पिकनिक खान गएका सातमध्ये दुईजना हिँडेर फर्किएकाले डुंगामा पाँचजना थिए। दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।