मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १४ सोमबार १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीको प्रस्ताव- पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार १७:o८:oo

नेकपा माओवादी केन्द्रले पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने माग गरेको छ। 

सोमबार आसन्न प्रनिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि सार्वजनिक चुनावी घोषणापत्रमा नेपालले अवलम्बन गरिरहेको समानान्तर मिश्रित निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र भ्रष्टाचारको कारण भएको बताउँदै पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने जनाएको छ। 

‘यो अवस्थाको अन्त्य गर्न विद्यमान निर्वाचन प्रणालीमा संशोधन गरी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली अवलम्बन गरिनेछ। राष्ट्रपति र प्रदेश प्रमुखको निर्वाचन देश र सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने व्यवस्था गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ।