१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
प्रदीप भट्टराई, निर्देशक
२o८१ बैशाख २२ शनिबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

हाँसो बेचेर मात्रै सिनेमा चल्दैन : प्रदीप भट्टराई

सिने संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३o:oo

महापुरुष कस्तो सिनेमा हो ? 
बाबु–आमालाई बुढेसकालमा बेसहारा भइन्छ कि भन्ने डर हुन्छ । सन्तानहरू टाढिँदै जाँदा अहिले अधिकांशका बुबा–आमा एक्लो बन्दै गएका छन् । उनीहरूलाई पनि खुसी रोज्ने अधिकार हुन्छ । महापुरुष सन्तानको माया नपाएर एक्लोपनको सिकार बनेका पात्रको कथा हो । 

छोरा–छोरी र बाबु–आमाको सम्बन्धबारे धेरै सिनेमा बनिसकेका छन् । यसमा के फरक छ ?
पछिल्लो समय नेपाली दर्शकको सिनेमा ‘लिट्रेसी’ बढेको छ । दर्शकको ‘लिट्रेसी’लाई नै मध्यनजर राखेर हामीले ‘महापुरुष’ निर्माण गरेका हौँ । यो कथा यथार्थपरक छ । हामीले कन्टेन्ट तयार गर्न निकै ठूलो मिहिनेत गरेका छौँ । समाजमा भइरहेका घटनाहरू सूक्ष्म रूपमा नियालेर कथा उनेका छौँ । यसलाई दर्शकले पनि रुचाइरहनुभएको छ ।

कोरोनापछि नेपाली सिनेमा लयमा फर्किएको हो ?
कोरोना महामारीले नेपाली सिनेमाको बजार खस्किएको थियो । तर, पछिल्लो समय एकपछि अर्काे गर्दै राम्रा फिल्महरू आइरहेका छन् । यसलाई सुखद मान्नुपर्छ । यद्यपि, जुन रूपमा हाम्रो सिनेमाले ग्रोथ गर्न सक्नुपर्ने थियो, त्यो हुन नसकेको यथार्थलाई पनि स्विकार्नुपर्छ । हिजोका दिनमा टेलिसिरियल पनि कमेडी जनराकै धेरै चले । तर, प्रायः सिरियलमा उस्तै कन्टेन्ट भएकाले दर्शक वाक्कदिक्क हुन थाले ।

कन्टेन्टमा पर्याप्त ध्यान दिन नसकेकै कारण धेरै सिरियल बन्द हुने अवस्था निम्तियो । अहिले सिनेमामा उस्तै अवस्था देखिएको छ । सिनेमाका धेरै आयाम हुने भए पनि नेपालमा कमेडी जनरा मात्रै चलिरहेको देखिन्छ । तर, हाँसो बेचेर मात्रै सिनेमा चल्छ भन्ने मलाई लाग्दैन । कन्टेन्ट नयाँ हुन सकेन भने दर्शक सिनेमामा पनि वाक्क हुन सक्ने जोखिम छ । यस्तो अवस्था आउन नदिन फिल्ममेकर इमानदार हुनुपर्छ । दर्शक आउने–जाने सधैँ भइरहन्छ । तर, सिनेमा बनाउँदा मेकर गैरजिम्मेवार हुनुभएन । 

ad
ad