Skip This
यसरी गरिन्छ छठ पूजा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o९:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

यसरी गरिन्छ छठ पूजा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:५५:oo

छठ पूजाका दौरान सूर्यदेव र छठी मैड्ढयाको पूजा गरिन्छ । मूर्ति पूजा नहुनु नै यस पूजाको विशेष पक्ष हो । छठ पर्वअन्तर्गत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ । सोमबार यस महापर्वको समापन हुनेछ र यही दिन सूर्यलाई बिहान अर्घ दिने विधि पनि पूर्ण गरिनेछ । यस दिन सूर्योदयभन्दा पहिल्यै महिलाहरू नदी या तलाउमा प्रवेश गरेर सूर्यदेवको प्रार्थना गर्छन् । उनीहरूले सूर्यको प्रार्थना गर्छन् र उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजाको समापन गर्छन् । 

यस्तो छ पूजाविधि 
- उदाउँदो वा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पानीमा तीनपटक परिक्रमा गर्नुस् । 
- सूर्यदेवलाई प्रणाम गर्दा ओम सूर्याय नमः मन्त्रको जप गर्नुस् । 
- सूर्यलाई अर्घ दिँदाको समय दुवै हात शिरभन्दा माथि हुनुपर्छ । यस कुरालाई विशेष ध्यान दिनुस् । 
- सम्भव भएसम्म सूर्यलाई अर्घ दिँदाको समय रातो रङको वस्त्र धारण गर्नुस् । 
- अर्घ दिँदाको समय जलमा अबिर, रातो चन्दन र रातै रङको फूल राख्नु शुभ हुनेछ । 
- जल अर्पित गरिसकेपछि धूप–दीप जलाएर सूर्यदेवको पूजा गर्नुस् । 
- सूर्यदेवलाई फल अर्पित गरेर उनको भोग लगाउनुस् । 
- अन्त्यमा, प्रसादका रूपमा फललाई आफ्नो परिवारमा बाँड्नुस् ।

ad
ad