१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले धनकुटाको अधिवेशन १२ र १३ जेठमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:o६:oo

नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशन जेठ १२ र १३ गते हुने भएको छ। पार्टीको एघारौँ पूर्ण बैठकले जेठ १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरेको एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीले बताए।

जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्न जिल्ला अध्यक्ष पराजुलीको संयोजकत्वमा मूल व्यवस्थापन समितिसहित विभिन्न उपसमिति गठन गरिएको छ।

उपसमितिअन्तर्गत राजनीतिक तथा सांगठनिक प्रतिवेदन मस्यौदा उपसमितिको संयोजकमा अध्यक्ष इन्द्रमणि पराजुली, प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा सचिव निरन राई, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा तारा तितुङ, अतिथि सत्कार उपसमितिको संयोजकमा निरेन तामाङ रहेका छन्। यसैगरी, हल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा उपसचिव शिव आङ्ला, स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा फुर्वा तामाङ, प्रचार उपसमितिको संयोजकमा भेषराज कट्टेललाई जिम्मेवारी दिइएको पार्टीका प्रचार विभाग प्रमुख एवं कार्यालय सचिव नैन विश्वकर्माले बताए।

पार्टीले अधिवेशनको मिति तोकेसँगै तीनवर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष पदको दाबी गर्दै तीनजना मैदानमा उत्रिएका छन्। जसमा पार्टीका उपसचिव शिव आङ्ला, सचिवालय सदस्य एवं जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ र पार्टीका कोशी प्रदेश सदस्य एवं जिल्ला समन्वय समिति धनकुटाका पूर्वप्रमुख टंकबहादुर चुवान रहेका छन्।

अन्य पदाधिकारीहरूमा पनि दर्जनौँ नेता–कार्यकर्ताले दाबी गर्दै आएका छन्। अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ।

ad
ad