१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
रासस न्युयोर्क
२o८१ जेठ ६ आइतबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रफाहमा इजरायली आक्रमण रणनीतिक गल्ती : संयुक्त राष्ट्रसंघ

Read Time : < 1 मिनेट
रासस, न्युयोर्क
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:१o:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली आक्रमणको निन्दा गर्दै उक्त आक्रमण ‘रणनीतिक गल्ती’ हुने चेतावनी दिएका छन्।

रफाहमाथि आक्रमण एक रणनीतिक भूल, राजनीतिक विपत्ति र अमानवीय कार्य हुने गुटेरेसले ट्विटरमा पोस्ट गरिएको भिडियोमा उल्लेख गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायल–हमास युद्ध रोक्न अपिल गरे। 

उनले इजरायलमाथि प्रभाव राख्ने सबै मुलुक एवं व्यक्ति र संस्थालाई गाजामा जारी त्रासदी रोक्नेतर्फ पहल गर्न आग्रहसमेत गरेका छन्। महासचिव गुटेरेसले यो समय युद्धरत पक्षहरूलाई सम्झौतामा ल्याई युद्ध अन्त्य गर्ने उपयुक्त समय भएको पनि उल्लेख गरे। 

मानवीय युद्धविराम, बन्धकहरूको विनासर्त रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढावा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्रसंघीय प्रमुखको भनाइ छ।

प्यालेस्टिनी सिभिल डिफेन्सको रिपोर्टअनुसार मंगलबार रफाहमा इजरायलले गरेको हवाई आक्रमणका कारण धेरै हताहत र घाइते भएका छन्। प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी डब्लुएएफएले रफाहमा गरिएका दुईवटा आक्रमणमा आठजनाको मृत्यु भएको पुष्टि गरेको छ।

ad
ad