Skip This
एलन मस्कको नियन्त्रणमा ट्विटर : ४४ अर्ब अमेरिकी डलरमा खरिद
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
एजेन्सी
Invalid date format o८:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एलन मस्कको नियन्त्रणमा ट्विटर : ४४ अर्ब अमेरिकी डलरमा खरिद

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format o८:o७:oo

अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले लामो कानुनी लडाइँ र महिनौँको अनिश्चिततापछि सामाजिक सञ्जाल ट्विटर आफ्नो नियन्त्रण लिएका छन्। उक्त सामाजिक सञ्जाल कम्पनीलाई उनले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका हुन्।  

एलन मस्कले प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालसहित अन्य दुईजना वरिष्ठ व्यवस्थापकलाई जिम्मेवारीबाट हटाएका छन्। गत अप्रिलमा उनले उक्त कम्पनी खरिदसम्बन्धी सम्झौता गरेका थिए। सम्झौतापछि उनी पुन: पछि हटेका थिए तर यसै महिनाको प्रारम्भमा फेरि कम्पनी किन्ने अभिरुचि देखाएका थिए।  

कम्पनी र उनीबीचको कानुनी लडाइँलाई टुंग्याउन डेलावेयरका न्यायाधीशले शुक्रबारसम्ममा सम्झौतालाई अन्तिम रूप दिन आदेश दिएका थिए। मस्कले कम्पनीको बोलपत्र तयार गर्नुअघि गत अप्रिलमा पराग अग्रवालसँग उनको झगडा भएको थियो। मस्कले कम्पनीलाई अब कसरी नेतृत्व गर्छन् भन्नेमा सबैको चासो बढेको छ।