Skip This
कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका ताप्लेजुङ
२o८२ बैशाख २९ सोमबार २२:o९:oo
Read Time : < 1 मिनेट
समाचार

कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार २२:o९:oo

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा एकजना विदेशी महिलाको मृत्यु भएको छ। 

ताप्लेजुङस्थित ८५८६ मिटर अग्लो कञ्चनजंघा आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक अन्दाजी ६३ वर्षकी मारगेटा मोरिङको सोमबार बिहान करिब ७ः५० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिई गत २६ वैशाखमा सिरिजंघा गाउँपालिका–८ स्थित कञ्चनजंघा हिमालको दक्षिणपट्टिको भागबाट आरोहण गर्ने क्रममा हिमालको चुचुरो चुम्ने क्रममा अन्दाजी आठ हजार मिटरमा पुगेपछि ब्वास प्रश्वासमा समस्या भई मृत्यु भएको उनका गाइड योगेन्द्र तामाङले जानकारी दिए। तामाङका अनुसार मृतकको शव करिब ७५०० मिटरको उचाइ छ।