१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक ८ मंगलबार २२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जाल चलाउँदा सतर्क हुनुस्, एक लाख जरिवाना र पाँच वर्ष जेल जानुपर्ला !

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ८ मंगलबार २२:४२:००

सामाजिक सञ्जालमा दलका शीर्ष नेताहरूमाथि टिप्पणी गर्दै हुनुहुन्छ ? सतर्क रहनुहोला । किनभने, दलका शीर्ष नेतामाथि लाञ्चनापूर्ण अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण सामग्री प्रकाशन गरे एक लाख रुपैयाँ जरिवानादेखि पाँच वर्षसम्म कैद भोग्नुपर्ने हुन सक्छ ।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न दलका शीर्ष नेताहरूको तस्बिर राखेर ‘नो, नट अगेन’ भन्दै प्रचार गरे एक लाख रुपैया जरिवानादेखि पाँच वर्ष कैद हुने चेतावनी दिएको छ । 

आयोगले भनेको छ, ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा  'No, Not Again', 'NO NOT AGAIN' र No. Not again समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

आयोगले थपअगाडि भनेको छ, ‘उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज /ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’