मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ७ सोमबार १६:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली व्यक्तिवादमा डुबेकाले पतन हुने नेपालको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार १६:३८:oo

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली व्यक्तिवादमा डुबेका भन्दै पतन भएर जाने दाबी गरेका छन्। ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले ओली शक्तिकाे मातले मात्तिएकाले पतन भएर जाने बताएका हुन्।

सोमबार सत्तागठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा नेपालले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउन एकताबद्ध हुन सत्तारूढ गठबन्धनका नेताहरूलाई आग्रह गरे।

‘व्यक्तिवादमा चुर्लुम्म डुबेका, आफूलाई सबै कुराको केन्द्रबिन्दुमा राखेका, संविधानभन्दा पनि आफूलाई माथि ठान्ने, राज्यभन्दा पनि आफूलाई माथि ठान्ने, पार्टीभन्दा पनि आफूलाई माथि ठान्ने एक किसिमको अधिनायकवादी प्रवृत्ति, हिटलरी प्रवृत्ति देखापर्‍याे तत्कालीन नेकपामा,’ उनले भने।

अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनले जनतालाई ठग्ने काम मात्रै गरिरहेको आरोपसमेत लगाए। उनले ओली नेतृत्वको सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लम्म डुबाएको भन्दै त्यस्ता गतिविधि गर्नेलाई राष्ट्रियताको हिमायती भन्न नसकिने स्पष्ट पारे।