मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक ६ आइतबार ०९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा ५० जना सवार बस दुर्घटना, २३ जना घाइते

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ६ आइतबार ०९:०४:००

पूर्वी नवलपरासीमा गएराति काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका- ११ मा ना.७ख ४१५ नम्बरको बस ब्रेक फेल भई सडकबाट दाहिने साइडमा पल्टिएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

बसमा सवार ५० जनामध्ये २३ जना घाइते भएका छन् । उनीहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।  बसचालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते पाँचजनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ ।  अन्य सामान्य घाइतेलाई उपचारपश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।