१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
होवर्ट
२o८१ बैशाख २५ मंगलबार o८:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वेस्ट इन्डिज विश्वकपबाट बाहिर

Read Time : > 1 मिनेट
होवर्ट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:oo:oo

आयरल्यान्डसँग नौ विकेटले पराजित भएपछि दुईपटकको विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

आइसिसी टी–२० पुरुष विश्वकप दुईपटक उचालिसकेको वेस्ट इन्डिज आठौँ संस्करणको पहिलो चरणबाटै बाहिरिएको छ । अस्ट्रेलियाको होवर्टमा समूह बीको लिग चरणमा आयरल्यान्डसँग नौ विकेटले स्तब्ध हुँदै वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएको हो । टी–२० विश्वकपमा पहिलोपटक पूर्वविजेता पहिलो चरणबाटै बाहिरिएको यो नै पहिलोपटक हो । सन् २०१२ र २०१६ मा वेस्ट इन्डिजले उपाधि हात पारेको थियो । यसपटक वेस्ट इन्डिजले आइसिसीमा १२औँ वरीयता प्राप्त गरेको थियो । यसै कारण सुपर १२ मा पुग्न वेस्ट इन्डिजले छनोट चरणमा प्रतिस्पर्धा गर्‍यो ।

समूह चरणको पहिलो खेलमा वेस्ट इन्डिज स्कटल्यान्डसँग स्तब्ध भएको थियो । सुपर १२ मा पुग्न वेस्ट इन्डिजले आयरल्यान्डलाई हराउनुपर्ने थियो । तर, दुईपटकको विजेता वेस्ट इन्डिज लक्ष्यनजिक पुग्न सकेन । समूह ‘बी’मा वेस्ट इन्डिजले तीन खेलमा एक जितका साथ दुई अंक मात्र जोडेको छ । आयरल्यान्ड दुई जितका साथ समूह विजेताका रूपमा सुपर १२ मा पुगेको छ । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । प्रत्युत्तरमा आयरल्यान्डले १७.३ ओभरमा एक विकेटको नोक्सानीमा एक सय ५० रन जोड्दै अर्को चरणमा स्थान पक्का गर्‍यो । 

क्रिकेट इतिहासमा वेस्ट इन्डिजले चारपटक स्तब्ध नतिजा हात पारेको छ । यसै संस्करणमा वेस्ट इन्डिज आयरल्यान्ड र स्कटल्यान्डबाट पराजित भयो । सन् २००७ को पहिलो संस्करणमा बंगलादेशले वेस्ट इन्डिजमाथि सानदार जित निकाल्यो । सन् २०१६ मा उपाधि जित्दा वेस्ट इन्डिज समूह चरणमा अफगानिस्तानबाट स्तब्ध भएको थियो । 

आयरल्यान्डको बलियो ब्याटिङ
आयरल्यान्डको जितमा ओपनर पाउल स्टर्लिङ र कप्तान एन्डी बाल्विरिनेले पहिलो विकेटका लागि ७.३ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । त्यसपछि लुकान टुकेर र पाउलले दोस्रो विकेटका लागि ७७ रनको उत्कृष्ट साझेदारी गरे । पाउलले ४८ बलमा ६ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ६६ रनको योगदान दिए । एन्डीले २३ बलमा समान तीन चौका र छक्का प्रहार गरी ३७ रन जोडे । लुर्कानले ३५ बलमा समान दुई चौका र छक्का प्रहार गरी ४५ रन बनाए । 

वेस्ट इन्डिजको ब्याटिङमा ब्रान्डोन किंगले मात्र सर्वाधिक ६२ रन बटुले । उनले ४८ बलमा ६ चौका र एक छक्का ठोके । सो इनिङमा ओपनर जोन्सन चार्लेसले १८ बलमा २४ रन तथा ओडिन स्मिथले १२ बलमा १९ रन जोडेका थिए । वेस्ट इन्डिजको कमजोर ब्याटिङ प्रदर्शनमा मध्यक्रमले फितलो प्रदर्शन गरेका थिए । आयरल्यान्डले पहिलो ११ ओभरमा सय रन जोड्दै पूर्वविजेतामाथि दबाब राखेको थियो । आयरल्यान्डका स्पिनरले चार विकेट लिए । 

ad
ad