१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ कार्तिक ४ शुक्रबार १३:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक स्थलमा धूम्रपान र मद्यपान गर्नेलाई गाउँपालिकाले कारबाही गर्ने

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ कार्तिक ४ शुक्रबार १३:०७:००

रामेछापको सुनापति गाउँपालिकाले सार्वजनिक स्थानमा मद्यपान र धूम्रपान गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने भएको छ। 

वडा कार्यालय, प्रहरी चौकी, बैंक तथा वित्तीय संस्था, विद्यालय, स्वास्थ्य संस्था, गुम्बा, मन्दिर, पार्कलगायत पालिकाभित्रका सार्वजनिक स्थानहरूमा धूम्रपान र मद्यपान गरे पक्राउ गरी आवश्यक कारबाही गर्ने निर्णय गाउँ कार्यपालिका बैठकले गरेको गाउँपालिकाका प्रमुख ठूलोकान्छा तामाङले जानकारी दिए।

उनले भने, ‘पालिकाभित्र सार्वजनिक स्थान र सरकारी कार्यालयहरूमा नै बसेर मद्यपान र धूम्रपान गर्ने नागरिकको संख्यामा वृद्धि भएसँगै यसलाई रोक्न पालिकाले निर्णय गरेको हो। पालिकाले वडास्तरसम्म अनुगमन गर्ने गरी वडाध्यक्षको नेतृत्वमा अनुगमन समितिसमेत गठन गरेको छ।’