१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २२ शनिबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सुनापति गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२२:oo

जिल्लाको सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । माओवादीबाट अध्यक्ष पदमा उम्मेदवार बनेका ठूलो कान्छा तामाङ र उपाध्यक्ष गीता विष्ट निर्वाचित भएका हुन् ।

अध्यक्ष तामाङ पाँच हजार तीन सय ९८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमान खड्काले चार हजार आठ सय ५१ मत प्राप्त गरेका छन् । 

यसैगरी माओवादीवाटै उपाध्यक्ष पदमा गीता विष्टले पाँच हजार तीन सय ६० मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ति मोक्तानले पाँच हजार ६८ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी, सुनापति गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका ध्रुव चौलागाईं निर्वाचित भएका छन् भने वडा नम्बर २, ३, ४ र ५ मा नेकपा माओवादी केन्द्रका क्रमशः पदमबहादुर थापा, चित्रबहादुर मानन्धर, कुलबहादुर थिङ र डण्डुप लामा निर्वाचित भएका छन् । 

ad
ad