Skip This
पटाका गोदाममा विस्फाेट हुँदा तीनको मृत्यु, सात घाइते 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Tuesday, 16 September, 2025
रासस एजेन्सी
२o७९ कार्तिक ३ बिहीबार १७:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पटाका गोदाममा विस्फाेट हुँदा तीनको मृत्यु, सात घाइते 

Read Time : < 1 मिनेट
रासस, एजेन्सी
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १७:o२:oo

भारतकाे मध्यप्रदेश राज्यस्थित एउटा पटाका गोदाममा विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक, एक महिला र एक पुरुष छन्। साथै, विस्फोटमा सातजना घाइते भएको स्थानीय प्रहरीले जानकारी दिए। 

घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विस्फाेटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए। यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डारण गरिएको थियो।

प्रहरीका अनुसार तीनजनाको शव फेला परेको छ। मृतकको पहिचान खुल्न बाँकी छ। भग्नावशेषमा अझै धेरै मानिस फसेकाे हुन सक्ने जनाउँदै उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ।