१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:o३:oo

पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैसा छ भने बिक्रीदर एक सय ३३ रुपैयाँ १४ पैसा छ । केन्द्रीय बैंकले अधिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३२ रुपैयाँ आठ पैसा तोकेको थियो ।
    
त्यस्तै, आज युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपैयाँ २४ पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ । 

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरू बताउँछन् । नेपालको वैदेशिक व्यापार स्थिति  निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्नेबित्तिकै आयातीत वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।

ad
ad