१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भृकुटीमण्डपमा यामाहाको ‘महाएक्सचेन्ज मेला’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:१२:oo

नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको यस वर्षको एक्सचेन्ज इभेन्ट ‘यामाहा महाएक्सचेन्ज मेला २०८१’ सोमबारदेखि सुरु भएको छ । एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यामाहा महाएक्सचेन्ज मेलाले मोटरसाइकल उत्साहीलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्ने बताए । मेलाले ग्राहकलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने एउटा असाधारण अवसर प्रदान गर्नेछ । साथै, सहभागीले आफ्नो ब्रान्ड न्यु यामाहा बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

साथै, कम्पनीले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन पनि प्रदान गर्नेछ । यो मेलाले जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग साट्ने सुविधा प्रदान गर्ने बताइएको छ ।

महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीले निःशुल्क बाइक चेकअप र स्पार्कलिङ क्लिन स्टार्टका लागि वास गर्ने सुविधा लिन सक्नेछन् । साथै, मेलामा निःशुल्क खेल र उपहार, टेस्ट राइड र विन अफरसमेत रहने कम्पनीले जनाएको छ । यसका अलावा मेलामा विभिन्न सांगीतिक प्रस्तुतिसमेत रहनेछ । मेला भृकुटीमण्डपमा २९ वैशाखसम्म चल्नेछ ।

ad
ad