१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख १९ बुधबार १५:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाजुराको टाँटे स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:५४:oo

बाजुरामा सुत्केरीको मृत्यु महिलाकाे मृत्यु भएकाे छ। जिल्लाको बुढीगंगा नगरपालिका- ६ की २० वर्षीया नितु जैशीकाे अत्यधिक रत्तस्रावका कारण मृत्यु भएको हाे। 

सोमबार राति उनको मृत्यु भएको स्वास्थ्य चौकीले जनाएको छ। उनीलाई असोज ३१ गते सुत्केरी व्यथा लागेपछि आफन्तले स्वास्थ्य चौकी ल्याएका थिए। 

दिउँसो साढे चार बजे नितुले छोरीलाई जन्म दिएकी थिइन्। स्वास्थ्य चौकीका इन्चार्ज छत्र थापाका अनुसार साल बेरिएको र बच्चा निसासिएको अवस्थामा बच्चाको जन्म भएको थियो। तर, सुत्केरी महिलाकाे स्वास्थ्यमा कुनै जटिल समस्या थिएन। 

आफन्तले कर गरेपछि सामान्य अवस्थामा रहेकी नितुलाई स्वास्थ्य चौकीले साढे ६ बजे घर पठाएको थियो। घर लगेको केही समयमा अत्यधिक रक्तस्राव भएपछि सोमबार राति साढे १० बजे उनलाई फेरि स्वास्थ्यचौकी ल्याइएको थियो। तर, स्वास्थ्य चौकी ल्याएकाे २० मिनेटमै उनकाे मृत्यु भएको इन्चार्ज थापाले बताए। उनले भने, ‘स्वास्थ्यचौकी पुर्‍याउँदा अवस्था निकै जटिल भइसकेको थियो, उनलाई बचाउन सकिएन।’

स्वास्थ्य चौकीमा सामान्यतया सुत्केरी भएको आठ घन्टादेखि २४ घन्टाभित्र सुत्केरी महिलालाई घर पठाउनुपर्ने प्रावधान छ। तर, स्वास्थ्य चौकीले सुत्केरी भएको आठ घन्टामै उनलाई घर पठाएको छ। 

आफन्तले घर लैजान खोजे पनि आठ घन्टापछि मात्र डिस्चार्ज गर्नुपर्ने प्रावधान छ। बाजुरामा विगत तीन वर्षयता नौजना सुत्केरीको मृत्यु भइसकेको छ। गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नजाँदा सुत्केरीको मृत्यु हुने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताए। 

यस्तै, गर्भवती तथा सुत्केरी भएको वेला आराम गर्न नपाइने, पोषिलो खानेकुरा कमी, कडा परिश्रमले सुत्केरी महिलाले ज्यान गुमाउन परेको खड्काले बताए।हुन त सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तैपनि सुत्केरी महिलाको ज्यान जानेक्रम भने रोकिएको छैन। 

बाजुरामा प्रजनन स्वास्थ्य निकै कमजोर छ। कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँचबाट विमुखजस्ता समस्याले भर्गवती तथा सुत्केरी महलिाको ज्यान जोखिममा छ।

ad
ad