१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ कार्तिक १ मंगलबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओली अस्वस्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १८:५८:oo

एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। गृहजिल्ला झापामा आएका अध्यक्ष ओली अस्वस्थ भएका हुन्। उनलाई ज्वरो, रुघाखोकीले सताएपछि दमक- ९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा-५ 'क' का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए।

प्रेस चौतारी झापाले मंगलबार साँझ ओलीसँग पत्रकार सम्मेलन राखेको थियो। यद्यपि,  सन्चो नभएका कारण उनी पत्रकार सम्मेलनमा आउन नसकेको कार्कीले बताए। ओलीलाई ज्वरो आएपछि अन्य आन्तरिक कार्यक्रम र भेटघाट पनि स्थगित गरिएको छ।

ओली एमालेको तर्फबाट ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा-५ को प्रतिनिधिसभा उम्मेदवार हुन्। उनी मंगलबार झापा आएका हुन्। उनी झापामा बिहीबारसम्म रहनेछन्। ओली आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका अन्य कार्यक्रममा सहभागी हुन झापा आएका थिए। अस्वस्थ भएपछि उनी सीधै दमकस्थित निवासमा आएका छन्।