१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:१५:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गरेका छन्। उनले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रियाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताएका हुन्।

यहाँ हिंसा र ध्वंसले उग्र रूप लिइसकेको र धनजनको ठूलो क्षति भइरहेकाले अब हत्याहिंसा रोकेर यहाँका नागरिकका बीचमा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताएका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा संवाददाताहरूसँग उनले सो कुरा बताएका हुन्। उनले भनेका छन्, इथियोपियामा हिंसा बढी भयो। यहाँ हिंसा तथा विध्वंस गरेर कसैले पनि केही प्राप्त गर्न सक्दैनन् र यो बाटोबाट कसैको समस्या पनि समाधान हुँदैन। अब हिंसा रोक्नुपर्छ र शान्तिपूर्ण माध्यमबाट अघि बढ्नुपर्छ।

संयुक्त राष्ट्रसंघले शान्तिपूर्ण माध्यमबाट इथियोपियाको समस्याको समाधान खोजेको पनि महासचिव गुटरेसले बताएका थिए। उनले टिगरेको निकास सैनिक बलबाट नभएको र यसको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा संयुक्त राष्ट्रसंघ रहेको उल्लेख गरे।

इथियोपियाको हिंसा रोकेर त्यहाँको समस्याको शान्तिपूर्ण समाधानका लागि अफ्रिकी युनियनलाई उनले आग्रह गरे। उनले भने– संयुक्त राष्ट्रसंघले अफ्रिकी युनियनलाई जे–जस्तो आवश्यक पर्छ त्यो सहयोग गर्न तयार छ। यो समस्याको शान्तिपूर्ण तरिकाबाट वार्ता गरेर समाधान खोजोस्।

त्यहाँ हिंसाका कारण कैयौँ मानिसको ज्यान गएको छ भने भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ। इथियोपियाको टिगरे क्षेत्रमा जारी हिंसाका कारण अहिले पनि कम्तीमा एक करोड ३० लाख नागरिकलाई मानवीय सहयताको खाँचो रहेको छ।

ad
ad