१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्कटल्यान्डसँग वेस्ट इन्डिज स्तब्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:३५:oo

दुईपटकको विजेता वेस्ट इन्डिज सोमबार आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘बी’को खेलमा स्कटल्यान्डसँग ४२ रनले स्तब्ध भएको छ । यसअघिञ आइतबार पूर्वविजेता श्रीलंकामाथि नामिबियाले सानदार जित निकालेको थियो । टी–२० विश्वकपमा लगातार पूर्वविजेता पराजित भएको यो नै पहिलोपटक हो । होवर्ट मैदानमा स्कटल्यान्डले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । प्रत्युत्तरमा वेस्ट इन्डिज १८.३ ओभरमा एक सय १८ रनमा समेटियो । 

मार्कको उत्कृष्ट बलिङ
स्कटल्यान्डका बलर मार्क वाटले वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । उनले चार ओभरको स्पेलमा १२ रन खर्चेर तीन विकेट हात पारे । उनले तेस्रो क्रमका ब्याट्सम्यान ब्रान्डोन किंगलाई बोल्ड गरे । यसैगरी, अल्जारी जोसेफ र आडिन स्मिथलाई वाटले क्याचआउट गराए ।  

जर्ज म्यान अफ दी म्याच
स्कटल्यान्डले वेस्ट इन्डिजविरुद्ध पहिलो योगफल बनाउनमा ओपनर जर्ज मुन्सीको योगदान ठूलो रह्यो । जर्जले ५३ बलमा ६६ रनको योगदान दिए । यसै प्रदर्शनका कारण उनी खेलकै म्यान अफ दी म्याच भए । उनले आफ्नो इनिङ्समा नौ चौका प्रहार गरेका थिए । जर्जले माइकल जोनेसँग पहिलो विकेटका लागि ६.२ ओभरमा ५५ रनको साझेदारी गरेका थिए । माइकलले १७ बलमा तीन चौकाको सहयोगमा २० रन बनाए । 

यसैगरी, रिचिएले १४ रन, कालुम म्याकलोडले १४ बलमा २३ रन जोडे । इनिङ्सको अन्त्यतिर क्रिस ग्रेभेसले ११ बलमा १६ रनको योगदान दिए । बलिङमा वेस्ट इन्डिजका लागि जोसेफले २८ रन खर्चेर दुई विकेट हात पारे । जासन होल्डरले १३ रनमा दुई विकेट लिए । लक्ष्य पछ्याएको इनिङ्समा वेस्ट इन्डिजको सुरुदेखि नै कमजोर ब्याटिङ भयो । वेस्ट इन्डिजले १०.१ ओभरमा पाँच विकेट गुमाएर ६९ रन जोडेको थियो । पूर्वकप्तान जासनले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरी सर्वाधिक ३८ रन जोडे । 

ad
ad