१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सम्पत्ति शुद्धीकरण  मुद्दामा इच्छाराज थुनामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१४:oo

सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । बिहीबारदेखि हेर्दाहेर्दैमा रहेको यो मुद्दामा शुक्रबार भएको थुनछेक बहसपछि यस्तो आदेश आएको हो । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला तथा खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश दिएको विशेषले जनाएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङसहित ६ जना प्रतिवादी छन् । सिभिल सहकारीको ठगी मुद्दामा तामाङ एक वर्षदेखि पुर्पक्षका लागि कारागारमै छन् । 

उनकी श्रीमती सिर्जना शाक्य तामाङका साथै छोरीहरू प्रतीक्षा र प्रतिष्ठा तामाङ पनि प्रतिवादी छन् । इच्छाराज र सिर्जनाबीच कानुनी रूपमा सम्बन्ध–विच्छेद भइसकेको छ । केशवलाल श्रेष्ठ र मीना कुमारीलाई पनि मुद्दामा विपक्षी बनाइएको छ । 

‘उहाँहरूमध्ये इच्छाराज र सिर्जना तामाङ अनि केशवलाल श्रेष्ठ उपस्थित हुनुभएको थियो । तीनैजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ,’ विशेषका शाखा अधिकृत विनोदप्रसाद अधिकारीले भने, ‘मंगलबार उहाँहरू उपस्थित हुने निवेदनसाथ आउनुभएको हो । बुधबार र बिहीबार बयान भई बिहीबार नै बहस सुरु भएको हो ।’ 

थप प्रतिवादी उपस्थित भएपछि उनीहरूको पनि यसैअनुसार प्रक्रिया हुने र थुनामा राख्नुपर्ने वा नपर्ने विषयमा इजलासले निर्णय दिने उनले बताए । १६ भदौमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो मुद्दा दर्ता गराएको थियो । 

तामाङमाथि यसअघि पनि ठगी तथा संगठित अपराधका मुद्दा अदालतमा विचाराधीन छन् । काठमाडौं जिल्ला अदालतमा उनको ठगी मुद्दा दर्ता छ भने उक्त अदालतले पनि उनलाई थुनछेकको निर्र्णय दिँदा थुनामा पठाउने आदेश गरेको थियो । सिभिल सहकारीका अध्यक्ष श्रेष्ठ पनि उक्त मुद्दामा पुर्पक्षका लागि थुनामै छन् । 

सिभिल सहकारी र सिभिल होम्सका सञ्चालकसमेत रहेका तामाङले आपराधिक लाभ लिएको भन्दै उनी, श्रीमती र छोरीहरूका नाममा रहेको सम्पत्ति जफतको माग विभागले गरेको छ । उनले सहकारीमा रहेको रकमको ठगी गरेको बचतकर्ताको आरोप छ । 

तामाङले तीन अर्ब ३१ करोड रुपैयाँभन्दा बढी आपराधिक लाभबाट कमाएको तथा पत्नी सिर्जनाको नाममा एक अर्ब तीन करोड रुपैयाँको सम्पत्तिसमेत राखेको अभियोग विभागको छ । उनीहरूकी छोरी प्रतीक्षाले ६ करोडभन्दा बढी र प्रतिष्ठाले झन्डै दुई करोड रुपैयाँ सम्पत्ति शुद्धिकरण गरेको भन्दै उनीहरूलाई पनि प्रतिवादी बनाई मुद्दा दायर भएको हो । 

ad
ad