१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लक्ष्यअनुसार बढेन प्रतिव्यक्ति विद्युत् खपत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:२६:oo

प्रतिव्यक्ति विद्युत् खपतदर बढाउन सरकारले निर्धारण गरेको लक्ष्यअनुसार विद्युत् खपत बढ्न नसकेको देखिएको छ । पछिल्लो समय प्रतिव्यक्ति विद्युत् खपत बढ्दै गएको भए पनि लक्ष्यअनुसार खपत नबढेको युएनडिपीले गरेको अध्ययनले देखाएको हो ।

सरकारले दिगो विकास लक्ष्य (एसडिजी)लाई लक्षित गरी सन् २०३० सम्म प्रतिव्यक्ति विद्युत् खपत एक हजार पाँच सय युनिट पुर्‍याउने लक्ष्य लिएको छ । त्यो लक्ष्य प्राप्ति गर्न वार्षिक औसतमा २३ प्रतिशतले विद्युत् खपत बढ्नुपर्छ । तर, त्यसभन्दा २ प्रतिशत बिन्दु कम अर्थात् २१ प्रतिशतले मात्रै बढेको देखिएको छ । सन् २०२२ मार्चसम्मको तथ्यांकका आधारमा यस्तो विवरण आएको हो ।  

सरकारको लक्ष्य प्राप्ति गर्न अब वार्षिक थप २ प्रतिशत बिन्दुले विद्युत् खपत बढाउनुपर्ने उक्त अध्ययनले देखाएको छ । अध्ययनअनुसार २०२० मा २ प्रतिशत र २०२१ मा १३ प्रतिशतले प्रतिव्यक्ति विद्युत् खपत बढेको थियो । यस अवस्थामा सरकारको लक्ष्यअनुसार प्रतिव्यक्ति विद्युत् खपत पु¥याउन चुनौती हुने विज्ञहरू बताउँछन् ।

सरकारको लक्ष्य पूरा हुन २०२१ सम्म प्रतिव्यक्ति विद्युत् खपत तीन सय ६३ युनिट पुग्नुपर्ने हो, तर त्यस अवधिमा प्रतिव्यक्ति विद्युत् खपत दुई सय ५० युनिट मात्रै पुगेको थियो । साथै, २०२२ सम्म प्रतिव्यक्ति विद्युत् खपत चार सय ८६ युनिट पुग्नुपर्छ । तर, अध्ययन अवधि (मार्च २०२२) सम्म त्यो दुई सय ९९ युनिट मात्रै पुगेको छ । त्यसपछि सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार जुन २०२२ सम्म प्रतिव्यक्ति विद्युत् खपत तीन सय ५१ युनिट पुगेको छ । डिसेम्बर २२ सम्म त्यो चार सय ८६ युनिट पुग्न चुनौतीपूर्ण नै हुने जानकारहरू बताउँछन् । 

यसैगरी, उक्त लक्ष्य प्राप्ति गर्न २०२३ मा पाच सय ९८ युनिट, ०२४ मा सात सय १३ युनिट, ०२५ मा आठ सय ३२ युनिट प्रतिव्यक्ति विद्युत् खपत पुग्नुपर्छ । यसैगरी, ०२६ मा नौ सय ५८ युनिट, ०२७ मा १०९० युनिट, ०२८ मा १२२७ युनिट, ०२९ मा १३७० युनिट र ०३० मा १५२० युनिट प्रतिव्यक्ति खपत पुग्नुपर्छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले पनि सोचेअनुरूप विद्युत् खपत बढ्न नसकेको बताए । यद्यपि, विद्युत् खपत बढाउन सरकारले काम गरिरहेको र यसमा सकारात्मक रहेको उनको भनाइ छ । ‘सोचेअनुरूप र आवश्यक मात्रामा विद्युत् खपत बढ्न सकेको छैन । यसमा हाम्रो ध्यान गएको छ । सरकारले विद्युत् खपत बढाउन काम गरिरहेको पनि छ ।’

ad
ad