१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Friday, 01 November, 2024
तेजराज भट्ट काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिपक्षको नाराबाजीपछि सुदूरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित

Read Time : < 1 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:५५:oo

सुदूरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि केही अघि सुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षधर सांसदहरूले नाराबाजी गर्दै रोस्टम घेराउ गरेपछि सभामुख भीम भण्डारीले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद इन्दिरा गिरीलाई असंवैधानिक रूपमा गरेको कारबाहीलाई सभामुखले सदर गरेको र प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक काम गरेको भन्दै नाराबाजी गरेका थिए ।