१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 31 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १o:३२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भृकुटीमण्डपमा विद्यार्थी महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:३२:oo

महोत्सवमा एक सय ५० भन्दा बढी शैक्षिक स्टल

भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवमा मौलिक तथा संस्कृति झल्किने वस्तुहरू प्रदर्शनमा राखिएका छन् । देशभरका विद्यार्थीले सिर्जना गरेका वस्तुहरू प्रदर्शनमा राख्ने र उनीहरूलाई सहभागी गराउने उद्देश्यले महोत्सवमा आयोजना गरिएको हो ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले संगठन स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा महोत्सव मंगलबारदेखि आयोजना गरेको हो । महोत्सवमा हलो, जुवा परम्परागत कृषि औजारदेखि मौलिक पोसाक प्रदर्शनमा राखिएको छ । यस्तै, विद्यार्थीले बताएका चित्र तथा पेन्टिङ पनि प्रतियोगितामा राखिएको छ । तीनदिने कार्यक्रममा विद्यार्थीका जिज्ञासा मेटाउन बुधबार टक सो पनि राखिएको थियो । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालका अनुसार विद्यार्थीमा राजनीतिक चेतना जगाउन, स्वदेशमै भएका सम्भावना र आशा देखाउन र उनीहरूले सिर्जना गरेका वस्तु प्रदर्शनमा राख्न महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा एक सय ५० भन्दा बढी शैक्षिक स्टल राखिएको छ भने तीन दिनमा एक लाखभन्दा धेरै विद्यार्थीको सहभागिता रहने आयोजकको विश्वास छ । महोत्वसको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार गरेका थिए । महोत्सवमा देशभरका विद्यार्थीले आविष्कार गरेका उपकरण पनि प्रदर्शनमा राखिएको छ ।