मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Friday, 14 August, 2026
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ २ बुधबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ  

उच्च अदालतले उल्टायाे जिल्लाकाे फैसला  

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:o४:oo

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्। 

बुधबार उच्च अदालत पाटनले सन्दीपकाे मुद्दामा अन्तिम सुनुवाइ गर्दै  जिल्ला अदालत काठमाडौंले यसअघि गरेकाे फैसला बदर गरेकाे प्रवक्ता विमल पराजुलीले जानकारी दिए। 

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सफाइ दिएकाे हाे। 

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

उच्च अदालतबाट सन्दीप लामिछानेले सफाइ पाएपछि उनका समर्थकले र्‍याली निकालेका छन्। सन्दीपलाई उच्च अदालतले न्याय दिएकाे भन्दै गाैशाला २६ विरुद्ध नाराबाजी गरेका छन्। उनीहरू बाजागाजासहित माइतीघरतर्फ लागेका छन्।