१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Friday, 01 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १o:४४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

यान्त्रिक समस्या भएका सवारी खुल्लमखुल्ला सडकमा, एकै दिन ५३ माथि कारबाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४४:oo

यान्त्रिक समस्या भएका सवारीसाधन सडकमा खुल्लमखुल्ला चलिरहेको ट्राफिक प्रहरीको चेकजाँचले देखाएको छ । भक्तपुरको ठूलोबेँसीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ५३ वटा सवारीसाधन फेला पारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

८० भन्दा बढी सवारीसाधन चेकजाँच गर्दा ह्यान्डब्रेक नभएका, लाइट दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत समस्या भएका ५३ वटा सवारीसाधन फेला परेका थिए । सवारीसाधनको अवस्था ठीक नराखेको भन्दै चालकलाई कारबाही गरिएको काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अवस्था ठीक नभएका सवारीसाधन चलाउँदा सवारी दुर्घटनाको जोखिम उच्च रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ बताउँछन् । 

दुर्घटनाको सम्भावित जोखिम कम गर्न सवारीसाधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली भक्तपुरको टुरिस्ट बसपार्कनजिकै ठूलोबेँसी क्षेत्रमा बुधबार खटिएको थियो ।

सवारीसाधन मर्मतपश्चात मात्र तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाएको छ । नियमित रूपमा सवारीसाधनको अवस्था चेक गरी आवश्यक मर्मत–सम्भार गरेर मात्रै सञ्चालन गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । दुर्घटनाको कारणमध्ये एक यान्त्रिक गडबबी पनि हुँदै आएको छ ।