मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २६ बुधबार १४:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु संक्रमितको संख्या बागमतीमा मात्रै २८ हजार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २६ बुधबार १४:१४:००

डेंगु संक्रमितको संख्या बागमती प्रदेशमा मात्रै करिब २८ हजार पुगेकाे छ। बागमतीमा लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

साथै सो रोगको संक्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ। बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको संक्रमणबाट काठमाडौं सबैभन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ।  काठमाडौंमा ११ हजार चार सय ६७ र रसुवामा सातजना सो रोगबाट संक्रमित भएको जनाइएको छ।

निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा  एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभ्रेमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा  डेंगु रोगको संक्रमण पृष्टि भएको बताइएको छ।

त्यस्तै, प्रदेशमा हालसम्म सो रोगको संक्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयकाे विवरणमा छ। काठमाडौंमा सात, सिन्धुली र रामेछाप तीन–तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई–दुई, भक्तपुर र धादिङका एक–एकजनाको मृत्यु भएको छ।