१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Monday, 07 July, 2025
तिवारी यादव वीरगन्ज
२o७९ असोज २५ मंगलबार १८:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्साका आधा दर्जन बढी उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार १८:o१:oo

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएका आधा दर्जनभन्दा बढी उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन्।

जिल्लाका एक प्रतिनिधिसभा सदस्यका उम्मेदवार र ६ प्रदेश सभा सदस्यका उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका हुन्। उनीहरू सबैजनाले आफ्नो मतदाता नामावली रहेको क्षेत्रभन्दा फरक क्षेत्रमा उम्मेदवारी दिएकाले आफैँलाई भोट हाल्न नपाउने भएका हुन्। दलहरूबीच गठबन्धन हुँदा उनीहरूले आफ्नो क्षेत्रभन्दा फरक क्षेत्रमा उम्मेदवारी दिएकाले आफैँलाई भोट दिन नपाउने भएका हुन्।

पर्सामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य गरी १२ पदका लागि १४४ जनाको उम्मेदवारी परेको छ। जिल्लामा चारवटा प्रतिनिधिसभा र आठ प्रदेश सभा क्षेत्र रहेको छ।

यी उम्मेदवारले पाउँदैनन् आफैँलाई भोट हाल्न 
सत्तागठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैँलाई भोट हाल्न नपाउने भएका छन्। उनी क्षेत्र नम्बर ४ मा पर्ने जगरनाथपुर गाउँपालिका–२ जानकी टोलाका मतदाता हुन्। यसअघि उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

क्षेत्र नम्बर १ को (ख) मै सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामनारायण कुर्मी पनि आफैँलाई मत दिनबाट वञ्चित हुने भएका छन्। उनी क्षेत्र नम्बर १ (क)मा पर्ने वीरगन्ज महानगरपालिका–१४ पिपराका बासिन्दा हुन्।

यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर २ (क)मा उम्मेदवारी दिएका कांग्रेसकै श्याम पटेलले पनि आफैँलाई मत हाल्न पाउनेछैनन्। पटेलको घर क्षेत्र नम्बर २ (ख)मा पर्ने बहुदरमाई नगरपालिका–२ ध्यानसिंह पिपरामा छ। त्यस्तै, सत्तागठबन्धनकै तर्फबाट क्षेत्र नम्बर ३ (क)मा उम्मेदवारी दिएका माओवादी केन्द्रका छोटेलाल यादवले पनि आफूलाई भोट हाल्न पाउँदैनन्। उनी क्षेत्र नम्बर ३ (ख)मा पर्ने बिन्दबासिनी गाउँपालिका–५ हासवाका मतदाता हुन्।

क्षेत्र नम्बर ३ (ख)मा उम्मेदवारी दिएका कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रहलाल गिरिले पनि आफूलाई भोट हाल्नेछैनन्। क्षेत्री क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका–६ का र गिरि वडा नम्बर ५ का स्थायी बासिन्दा हुन्।

सत्तागठबन्धनकै तर्फबाट क्षेत्र नम्बर ४ (ख)मा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चाँदतारा कुमारी क्षेत्र नं १ (ख)मा पर्ने वीरगन्ज महानगरपालिका–४ की वासिन्दा हुन्। उनले पनि आफैँलाई मत दिन पाउनेछैनन्।