१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजापुरका आठ सय घर डुबानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२१:oo

अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब आठ सय घर डुबानमा परेका छन्। सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो क्षति दौलतपुर गाविसमा भएको छ।

कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने कुरा थाहा पाउन नसकेको गुनासो गरे। त्यस्तै बर्दियाकै राजापुर– १ दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढीका कारण लगभग आठ सय घर डुबानमा परेको बताए। नदीमा पानीको बहाव बढिरहेकाले झनै समस्या थपिएको उनको गुनासो छ।

बस्ती नै डुबानमा पर्दासमेत सरकारले उद्धार र राहत नदिएको भन्दै पीडित आक्रोशित छन्। गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णालीनजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको स्थानीयहरू बताउँछन्।

अविरल वर्षाका कारण पश्चिम तराईका जिल्लाहरूमा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ । गत पाँच दिनयता भइरहेको भीषण वर्षाले देशभरका पहाडी जिल्लामा पनि पहिरोको जोखिम बढाएको छ। खहरे खोलामा आएको बाढी र विभिन्न स्थानमा गइरहेको पहिरोका कारण सवारी आवतजावतमा पनि समस्या भइरहेको छ।
 

ad
ad