१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेकाहरु । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २५ मंगलबार ०७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेकाविरुद्ध म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २५ मंगलबार ०७:३९:००

लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेका अभियुक्तविरुद्ध थप अनुसन्धानका गर्न १५–१६ दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौंबाट पक्राउ परेकामध्ये दुईविरुद्ध १५ र एकजनाविरुद्ध १६ दिनको म्याद थप भएको हो । 

प्रहरीले मोहम्मद हत्यामा संलग्न भएको भन्दै गत १४ असोजमा वीरगन्ज महानगरपालिका– १६ का २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई सार्वजनिक गरेको थियो । पक्राउ परेकामध्ये महोरम र रेहानविरुद्ध १५ तथा सुस्मिताविरुद्ध १६ दिनको म्याद थप भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूविरुद्ध मुलुकी अपराधसंहिता ०७४ परिच्छेद– १२ को ज्यानसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन ०७० अनुसार म्याद थप भएको हो । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले लाल मोहम्मद हत्या अभियोगमा पक्राउ परेकाविरुद्ध थप अनुसन्धानका लागि म्याद थप भएको बताए । ‘लाल मोहम्मद हत्या अभियोगमा तीनजना पक्राउ परेका थिए । उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐनअन्तर्गत थप अनुसन्धान गर्न म्याद थपिएको छ । जसमध्ये दुईविरुद्ध १५ र एकजनाविरुद्ध १६ दिनको म्याद थप भएको छ,’ उनले भने ।