१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o९:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेले झापामा टुंग्यायो उम्मेदवार, एउटा संघ र दुई प्रदेश राप्रपालाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:२४:oo

झापामा एमालेले उम्मेदवार टुंग्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेले उम्मेदवार टुंग्याएको हो । एमालेले झापाका पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये चारवटामा उम्मेदवारी दिनेछ । एउटा निर्वाचन क्षेत्रमा राप्रपालाई सघाउने एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिए । प्रदेश सभाका १० निर्वाचन क्षेत्रमध्ये आठवटामा एमालेले उम्मेदवारी दिनेछ भने दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा राप्रपालाई सहयोग गर्ने समझदारी भएको कार्कीले बताए । 

एमालेले झापा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेललाई उम्मेदवार बनाउने भएको छ । उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धा गर्ने निश्चित छ । यो निर्वाचन क्षेत्रबाट पूर्वसांसद रविन कोइरालाको मात्र नाम पार्टीको तल्लो कमिटीले सिफारिस गरेको थियो । उनी ०७० को निर्वाचनमा यहाँबाट निर्वाचित भएका थिए । ०७४ मा माओवादीसँग गठबन्धन हुँदा माओवादीका राम कार्की निर्वाचित भएका थिए । कोइराला एमालेभित्रका दशबुँदे पक्षधर हुन् । उनलाई निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) का लागि एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि, प्रदेश सभामा निर्वाचन लड्न कोइराला तयार छैनन् । उनले प्रतिनिधिसभा नै दाबी गरिरहेका छन् । निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा भने राप्रपालाई सहयोग गर्ने सहमति भएको अध्यक्ष कार्कीले बताए । 

यस्तै, क्षेत्र नम्बर २ मा एमालेका केन्द्रीय सदस्य देवराज घिमिरेले टिकट पाउने भएका छन् । यो क्षेत्रबाट अग्नि खरेल र घिमिरेको नाम सिफारिस भएको थियो । अग्निलाई क्षेत्र नम्बर १ मा टिकट दिएर क्षेत्र नम्बर २ मा घिमिरेलाई दिएको हो । यो क्षेत्रबाट पार्टीको तल्लो कमिटीले निवर्तमान सांसद पवित्रा निरौला खरेलको नाम पनि सिफारिस गरेको थियो । उनी एमालेभित्र दशबुँदे पक्षधर भएका कारण उनी यसपटक चुनावी प्रतिस्पर्धाको रिङबाहिरै छिन् । झापा–२ (क) एकराज कार्की र (ख) मा चिन्तन पाठकलाई एमालेले उम्मेदवार बनाउने भएको छ । 

झापा–३ मा भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले सघाउने भएको हो । यो निर्वाचन क्षेत्रमा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र लिङ्देनको प्रतिस्पर्धा हुने निश्चित छ। ०७४ मा लिङ्देनले एमाले र माओवादीसहितको गठबन्धनबाट निर्वाचन जितेका थिए । झापा–३ (क) मा एमालेले वसन्त बानियाँ र (ख) मा छविलाल चुँडाललाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष कार्कीले बताए । यद्यपि, क्षेत्र–३ को दुवै प्रदेश सभामा भने उम्मेदवार हेरफेर हुन सक्ने उनले बताए । 

झापा–४ मा एमालेबाट एलपी सावाँ उम्मेदवार बन्ने भएका छन् । झापा–४ (क) एमालेका राधाकृष्ण खनालले टिकट पाउने भएका छन् । झापा–४ (ख) मा भने राप्रपालाई सघाउने निर्णय भएको अध्यक्ष कार्कीले जानकारी दिए । यस्तै, झापा–५ मा भने एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रतिस्पर्धा गर्नेछन् । झापा–५ (क)मा एमालेका हिक्मतकुमार कार्की र (ख) मा होमबहादुर थापाले टिकट पाएको अध्यक्ष कार्कीले बताए ।
 

ad
ad