Skip This
ad
गुल्मीमा खोलाले बगाएर एक महिलाकाे मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा खोलाले बगाएर एक महिलाकाे मृत्यु

वर्षाले अधिकांश ग्रामीण सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:५२:oo

गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकी एक महिलाको खोलाले बगाएर ज्यान गएको छ।

बुधबार दिउँसो घरमा दसैँकाे टीका लगाएर छोरासँगै धुर्कोट गाउँपालिका २ पिपलधारा माइतमा टीका लगाउन हिडेकी ४१ वर्षीया लक्ष्मी कुवंरको अरौदी खोला तर्ने क्रममा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।

 कुवंरको अरौदी खोलादेखि एक किलोमिटर तल शव फेला परेको छ। आमालाई खोलाले बगाएलगत्तै १५ वर्षीय छोरा राजेश कुवंरले गाउँलेहरुलाई खबर गरेका थिए।

घटनास्थलमा माइती पक्ष आएपछि मुचुल्का गरेर शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले बताए। 

गाउँका सडकको बेहाल

लगातार वर्षाका कारण गुल्मी जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन्। 

पहिरो खसेपछि रिडी रुद्रवेणी वामीटक्सार सडक बन्द भएको छ। सत्यवती गाउँपालिका ५ को बाँदरेभिर र वडा नं ६ को डहरेमा पहिरो खसेर सडक अबरुद्ध भएको छ । त्यस्तै कालीगण्डकी कोरिडोर बन्द छ। 

कालिगण्डकीको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

वर्षाका कारण इस्मा, मालिका, मदाने धुर्कोट र मुसिकोटका अधिकांश सडक पहिरो र खोला बढेका कारण अवरुद्ध रहेका छन् । तत्कालको लागि ग्रामीण सडक लगभग पूर्ण रुपमा अवरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। 

उनले खोला किनारका बस्तीहरुमा सर्तकता अपनाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न सार्वजनिक सूचना मार्फत आग्रह गरिएको पौडेलले बताए। 

उनले सडकहरु लच्किने, खस्ने, माथिबाट झर्न सक्ने अवस्था बढी भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरिएको छ। जिल्लाका साढे दुई सय बढी घर पहिरोको जोखिममा छन्। 

ad
ad