Skip This
भारतमा हिमपहिरो : ज्यान गुमाउनेको संख्या १० पुग्यो, १८ अझै बेपत्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १९ बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ असोज १९ बुधबार १९:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा हिमपहिरो : ज्यान गुमाउनेको संख्या १० पुग्यो, १८ अझै बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १९ बुधबार १९:२१:oo

भारतको हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ।  आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वित्तीय’ हिमालको चुचुरोनजिक मंगलबार बिहान भएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी बेपत्ता भएका थिए। उनीहरूमध्ये चार जनालाई सोही दिन मृत अवस्थामा भेटिएको थियो। 

भारी हिमपात र वर्षाका कारण रातिको समयमा खोजी असम्भव भएको थियो। यद्यपि भारतीय वायु सेना र स्थानीय विपद् एजेन्सीले उद्धार कार्यमा सहयोग गरिरहेको छ। 'उद्धार टोलीले १० जनाको शव फेला पारेको छ,’ उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा भनेको छ।

समुन्द्री सतहबाट करिब चार हजार ९०० मिटर (१६ हजार फिट) को उचाईमा रहेको हिमपहिरोबाट हालसम्म १४ जनाको उद्धार गरिएको छ। ती मध्ये पाँचजनाको उत्तरकाशी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीटरमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको मृत्यु भएको पुष्टि गरेका छन्। 

विश्वको सर्वोच्च शिखर र नजिकैको मकालु हिमाल १६ दिनमा आरोहण गरी महिलाहरूतर्फको रेकर्ड बनाएकी थिएन्। 

राज्य विपद् निकायका प्रवक्ता रिधिम अग्रवालले एएफपीलाई बताएअनुसार हिमपहिरो खसेपछि आरोहीहरू हिउको चिरामा फसेका थिए।

नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट छन्।

उद्धारकार्यमा सघाउन वायु सेनाका दुई वटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवालले एएफपीलाई जानकारी दिए।