मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज १९ बुधबार १०:४९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दोस्रो हारपछि बार्सिलोना दबाबमा

Read Time : < 1 मिनेट
२०७९ असोज १९ बुधबार १०:४९:००

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’को खेलमा बार्सिलोना इन्टरमिलानसँग १–० ले पराजित भएको छ । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हकान चाल्हनोलुको निर्णायक गोलमा इन्टरले बार्सालाई पराजित गरेको हो । 

खेलमा बार्सिलोनाले गरेको एक गोलले मान्यता पाएन । ६६औँ मिनेटमा पेड्रीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । तर, भिएआरमा अंशु फातीको ह्यान्ड देखिएपछि सो गोललाई मान्यता पाएन ।

यस्तै, इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अपिल गरे पनि भिएआरले त्यसलाई पनि अस्वीकृत गरेको थियो । इन्टरका डेन्जल डम्फायर्सले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै बार्सिलोनाले पेनाल्टीको अपिल गरेको थियो ।

समूह ‘सी’ मा इन्टर ६ अंकसहित दोस्रो स्थानमा छ । यो समूहमा बायर्न म्युनिख सबै तीन खेल जित्दै नौ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोनाको भने तीन खेलमा तीन अंक मात्र छ । उसले पछिल्ला दुई खेल गुमाइसकेको छ । यही समूहमा रहेको भिक्टोरिया प्लिजेनले भने खाता खोल्न सकेको छैन ।

बायर्ननले समूह ‘सी’मा अपराजित यात्रा कायम राख्ने क्रममा प्लिजेनमाथि ५–० को जित निकाल्यो ।