१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १७ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १७ सोमबार २o:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिट बाँडफाँडको टुंगो लगाउन गठबन्धनको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १७ सोमबार २o:२७:oo

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनको सिट बाँडफाँड गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ।

बैठकले पाँचदलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ।

प्रतिनिधिसभातर्फको सिट बाँडफाँड अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेश सभातर्फको पनि अन्तिम रूप पाउने कार्यदल सचिवालयका सचिव केशवराज जोशीले जानकारी दिए। 

राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यदल सदस्य रहेका हिमलाल पुरीले पनि प्रतिनिधिसभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको जानकारी दिए। 

आजको शीर्ष नेतृत्वले प्रतिनिधिसभा र प्रदेश सभातर्फको सिट बाँडफाँड सक्ने गरी कार्यदलले काम सकेर बुझाएको उनले बताए। 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेता सहभागी छन्।