१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १५ शनिबार १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार १८:o३:oo

नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ। 

शनिबार मन्त्रीक्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरूले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए। उनीहरूले सरकारले डेंगु नियन्त्रणका लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडोभन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्नेलगायतका माग राखेको छ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामका लागि सरकार तत्पर रहेको बताए। उनले प्रत्येक शनिबार १० बजे १० मिनेट खोज र नष्ट गर भन्ने अभियान चलाएको र सरकारले पानी जमेका ठाउँहरू र फोहोर भएका ठाउँहरू नष्ट गर्ने काममा लागेको जानकारी गराए। 

नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले डेंगुको महामारी अहिले बढिरहेकोले सरकारले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन नसकेको बताए।