ओलीकाे दाबी- मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्रै

शनिबार, १५ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्। 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रस्ट पारे। ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन म्याराथन दौडिने पार्टी हो।’
    
उनले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे। 

ओलीले एमालेको एजेन्डाले  देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे। 

उनले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुने सक्ने बताए। 

एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले वर्तमान कामचलाउ सरकारले संसद् नभएका समयमा दूरगामी महत्वका अध्यादेश ल्याउनु गलत बच्काे बताए ।
    
उनले यो सरकारको काम दैनिक कामकाज सञ्चालन गर्नु र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु मात्र भएको विचार व्यक्त गरे। 

ओली यस पार्टीले अहिलेसम्म आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम छनोट नगरेकाले बाहिर आएको विभिन्न थरीका हल्लामा कुनै सत्यता नभएको प्रस्ट पारे। 

See More On

सुझावित समाचार