मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १५ शनिबार १२:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्कने !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार १२:o१:oo

बलात्कार आरोपपछि विदेशमा लुकेर बसेका क्रिकेटर सन्दीप लामिछानेले प्रहरीमा आफैं उपस्थित हुने जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यहि असोज २० गते नेपाल फर्केर आत्मसमर्पण गर्ने बताएका हुन्।

एक किशोरीले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएपछि क्यारेबियन लिगका लागि जमैका पुगेका उनी विदेशमै लुकेर बसेका छन्। यसअघि पनि नेपाल फर्केर घटनाको अनुसन्धानमा सहयोग गर्ने बताएका लामिछानेले पुनः नेपाल फर्केर सहयोग गर्ने बताएका हुन्।

‘ठूलो आशा र शक्तिका साथ म यहि अक्टोबर ६ (असोज २०)मा मेरो देश नेपाल आउनेछु र झुठा आरोपविरुद्ध कानुनी लडाईं लड्नका लागि आत्मसमर्पण गर्दछु,’ उनले लेखेका छन्। आफू निर्दोष रहेको दोहो¥याउँदै उनले न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गरेका छन्।