मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
लाल मोहम्मद हत्यामा पक्राउ परेकाहरु । तस्बिरहरु : संजित परियार
टेकराज थामी काठमाडौं
२०७९ असोज १४ शुक्रबार १६:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लाल मोहम्मद हत्यामा हतियार व्यवस्थापन र रेकी गर्ने तीनजना पक्राउ, सुटर अझै फरार

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ असोज १४ शुक्रबार १६:४६:००

काठमाडौंको गोठाटारमा गत ४ असोजमा भएको लाल मोहम्मदको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनैजना २१ वर्षमुनिका छन् । तीमध्ये एक युवती छिन् । 

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भर्खरै पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गर्‍याे । पक्राउ परेकामा पर्साको वीरगन्ज महानगरपालिका– १५ का १९ वर्षीय रेहान मियाँ, वीरगन्ज महानगपालिका– १६ का २१ वर्षीय महोरम मियाँ र मकवानपुरको बकैया गाउँपालिका– १ की २१ वर्षीया सुस्मिता स्याङ्तान छिन् । 

हत्याको घटनाबारे अनुसन्धान गर्न बनेको समितिका प्रमुखसमेत रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले पक्राउ परेकामध्ये रेहान र महोरम हतियार व्यवस्थापनमा संलग्न रहेको जानकारी दिए । 

एसएसपी भट्टराईका अनुसार सुस्मिता लाल मोहम्मदको रेकीको जिम्मेवारीमा थिइन् । उनले एक महिनादेखि लाल मोहम्मदका हरेक घटनाको निगरानी गरी सूचना प्रवाह गरेको अनुसन्धानबाट खुलेको भट्टराईले जानकारी दिए । लाल मोहम्मदमाथि गोली प्रहार गर्ने भने अहिलेसम्म फरार छन् । 

सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको ४ असोजमा गोली प्रहार गरी हत्या भएको थियो ।  शरीरका विभिन्न अंगमा चारवटा गोली लागेका दर्जीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको थियाे ।

गोठाटारस्थित व्यस्त सडकमा बा.६च ५१५२ नम्बरको कारबाट निस्किएका दर्जीमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले एक्कासि गोली प्रहार गरेका थिए । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी–लखेटी गोली प्रहार गरेका थिए । परिवारका सदस्यले देखेर प्रतिवाद गर्न खोजेपछि आक्रमणकारी पेस्तोल त्यहीँ छाडेर भागेका थिए । तत्काल उपचारका लागि शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल लगिएको थियो ।