१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन सरकारको कुनै गन्तव्य छैन : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार ११:१५:oo

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित दसैँ विशेष शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै उनले आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने दाबी गरे। देशको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै पोखरेलले आगामी निर्वाचनबाट मतदान गरेर राम्रो पार्टी र नेताहरूलाई जिताउन नागरिकसमक्ष आग्रह गरे।

‘यही वेलामा हामीले आफ्नो मत प्रयोग गरेर राष्ट्रिय राजनीतिको दुई पोलमा विभाजित भइरहेको अवस्थामा कुन पोललाई हामीले सबल बनाउने, पक्षमा उभ्याउने भन्नेबारेमा नेपाली जनताले फैसला गर्नेछन्। राज्यका अंगहरू कसरी प्यारालाइसिस हुँदै छन्, हामी हेर्दैछौँ, अदालतको हालत यस्तो छ। कार्यपालिकाको हालत कस्तो के छ, व्यक्तिहरूको अवस्था के छ सबै बुझेका छौँ । विधायिकाको अवस्था कस्तो छ, बुझेका छौँ,’ पोखरेलले भने।