१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असोज १४ शुक्रबार १०:३०:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ असोज १४ शुक्रबार १०:३०:००

डा. अनुप सुवेदी 
संक्रमण रोग विशेषज्ञ 

घरमा परिवारका सदस्यहरू पालैपालो डेंगु संक्रमित हुँदै छन् । अस्पतालमा पनि मुख्यतः डेंगुकै चाप छ । त्यसैले अहिलेलाई काठमाडौंमै बस्ने, अस्पतालमा कभरेज दिने योजना छ । अस्पतालमा गर्ने नियमित कामसँगसँगै परिवारसँगै रहन्छु । 

डा. तोसिमा कार्की 
जनरल सर्जन 

आसन्न प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा छु । त्यसकारणले पनि यो दसैँमा घरघरमा गएर आशीर्वाद लिने सोच बनाएकी छु । कोभिड महामारीपछि अहिले डेंगुसँग जुधिरहेका छौँ । एकपछि अर्को महामारी आइरहेको हुँदा स्वास्थ्यका लागि पूर्वतयारी आवश्यक छ भन्ने लागेको छ । त्यसैले पनि ललितपुर क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था कस्तो हुँदै गएको छ भन्ने बुझ्ने अवसरको रूपमा लिएकी छु ।