Skip This
तीन वर्षदेखि काठमाडौंका विभिन्न पोलिक्लिनिकमा  उपचार गर्ने नक्कली डाक्टर पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ ९ मंगलबार o६:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तीन वर्षदेखि काठमाडौंका विभिन्न पोलिक्लिनिकमा  उपचार गर्ने नक्कली डाक्टर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ ९ मंगलबार o६:४८:oo

‘थाइराइड स्पेसियलिस्ट’ हुँ भन्दै काठमाडौंका विभिन्न क्लिनिकमा बिरामीको उपचारमा संलग्न नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मोरङ विराटनगर महानगरपालिका– २ का ४० वर्षीय डा. एस. भट्ट आचार्य भनिने सम्बुद्व भट्टाचार्य रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले चाइनाबाट एमबिबिएस गरेको भन्दै तीन वर्षदेखि काठमाडौंका विभिन्न पोलिक्लिनिकमा बिरामीको उपचार गर्दै आएका थिए । उनलाई आइतबार अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले टोखा नपा– ५ बसुन्धरास्थित धौलागिरी हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको हो । 

उनले महाराजगन्जस्थित शिक्षण अस्पतालमा कार्यरत रहेको भन्दै आएका थिए । यसका लागि उनले शिक्षण अस्पताल र नेपाल मेडिकल काउन्सिलको समेत नक्कली प्रमाणपत्र बनाएका थिए । 

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले मेडिकल काउन्सिललगायतका सरकारी संस्थाको नक्कली परिचयपत्र बनाई क्लिनिकहरूमा उपचार गर्ने नक्कली डाक्टर पक्राउ परेको बताए । ‘एक नक्कली डाक्टर पक्राउ परेका छन् । उनले आफूलाई ‘थाइराइड स्पेसियलिस्ट’ हुँ भन्दै आएका रहेछन् । विभिन्न क्लिनिकहरूमा बिरामीको उपचार गर्दैै आएका रहेछन् । उनले मेडिकल काउन्सिललगायतका सरकारी निकायको नक्कली प्रमाणपत्र बनाएका रहेछन् । सोही आवरणमा बिरामीको उपचार गर्ने रहेछन्,’ उनले भने । 

मेडिकल काउन्सिलबाट उनको नाममा जारी प्रमाणपत्र परीक्षणका लागि प्रहरीले सम्बन्धित कार्यालयमा पठाएको थियो । उनको नाममा कुनै प्रमाणपत्र जारी नभएको जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीसँग नेपाल मेडिकल काउन्सिल स्थायी दर्ता प्रमाण पनि बरामद भएको छ । उनले नेपाल चिकित्सक संघको पनि नक्कली परिचयपत्र बनाएका थिए । त्यसबाहेक पनि विभिन्न सरकारी निकायबाट उनको नाममा जारी नक्कली प्रमाणपत्र बरामद भएका छन् ।