१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ११ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८o कार्तिक ११ शनिबार ११:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा यसपालिको दसैँ तुलनात्मक रूपमा शान्तिपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o कार्तिक ११ शनिबार ११:५३:oo

फूलपातीदेखि आज शनिबारसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा ठूला दुर्घटना भएनन्

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ। विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ। 

फूलपातीयता शनिबारसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरूमा भन्दा सौहार्दपूर्ण रूपमा सकिएको छ।

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो। तालिमप्राप्त कुकुर र ड्रोनकोसमेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको थियो।

प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले भने, 'सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन। सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरकोसमेत प्रयोग गरिएको थियो। यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो। अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ।'   

उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते  

यद्यपि, कडा सुरक्षाबीच पनि छिटफुट घटना भने देखिए। यही कात्तिक ४ गते फूलपातीदेखि शुक्रबार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन्। ती घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएकाे मैनालीले जानकारी दिए।

यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। सवारीसाधनहरू आपसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएका थिए। उक्त दुर्घटनामा ७३ जना घाइते भएका थिए भने एकजनाको मृत्यु भएको थियो।

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एकजनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन्। चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुईवटा घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

जुवातासको खालबाट काठमाडौंबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई गरी कुल २२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट रु पाँच लाख नगद बरामद गरिएको छ।