१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष १३ शुक्रबार १०:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सनसिल्क दसैँ भाइब्सका विजेता छानिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष १३ शुक्रबार १०:०६:००

युनिलिभरको हेयर केयर ब्रान्ड सनसिल्कले आयोजना गरेको सनसिल्क दसैँ भाइब्सको विजेता छानिएका छन् । सन् २०२१ देखि लगातार सञ्चालन सुरु गरेको यो योजनामा यो वर्ष सजिना खनाल, सुस्मिता बन्जारा र विजया प्रधान विजयी भएका हुन् । 

प्रत्येका विजेताले एक लाख रुपैयाँसहित अर्को वर्षको सनसिल्कको प्याकमा प्रस्तुत हुने मौका र सनसिल्क ग्याङ अफ गल्र्सको हिस्सा हुने अवसर पाएको कम्पनीले जनाएको छ । यो डिजिटल अभियान २०२१ सबै प्रकारको सुन्दर कपाल प्रदर्शन गर्दै महोत्सव मनाउने उद्देश्यले थालनी गरेको कम्पनीको भनाइ छ । 

यस वर्ष यो प्रतियोगिता ‘लेट्स सेलेब्रेट हेयर, लेट्स सनसिल्क’ भन्ने विषयवस्तुमा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यसको मुख्य उद्देश्य सबै प्रकारको कपाल र कपालको शैलीलाई कदर गर्ने उत्सवका रूपमा मनाउनु रहेको उल्लेख छ । अभियानमा चार हजार चार सय ८५ सहभागीसहित अहिलेसम्मकै ठूलो सिजन हुन सफल भएको कम्पनीको दाबी छ । त्यस्तै, प्रतियोगिताले करिब १७ करोड ४० लाख भ्युज प्राप्त गरी दर्शकमाझ आफ्नो राम्रो उपस्थिति देखाउन सफल भएको कम्पनीले जनाएको छ । 

युनिलिभर नेपालका मार्केटिङ प्रमुख सौरभ करन्जितले सनसिल्क सम्भवतः नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड रहेको बताए । युवतीहरूले आफूलाई व्यक्त गर्ने मौका पाएमा धेरै अगाडि बढ्न सक्छन् भन्ने मान्यतालाई प्रमाणित गर्न कम्पनीले यो मौका प्रदान गरेको उनको भनाइ थियो ।