मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Friday, 28 August, 2026
तिवारी यादव वीरगन्ज
२o७९ असोज १३ बिहीबार १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सभा सदस्य विश्वकर्मा एमाले फर्किएको घोषणापछि कारबाहीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार १८:४o:oo

नेकपा (एकीकृत समाजवादी) बाराका अध्यक्ष सुन्दर विश्वकर्मा बिहीबार नेकपा एमालेमा फर्किएपछि कारबाहीमा परेका छन्। प्रदेश सभा सदस्यसमेत रहेका विश्वकर्मा एमालेमा फर्किएको घोषणा गरेको केही घन्टामै नेकपा (एकीकृत समाजवादी)बाराले उनलाई कारबाही गरेको हो। 

उनलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेकपा (एस)बाराका कार्यबाहक अध्यक्ष बिजेन्द्रप्रसाद चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभा सदस्य विश्वकर्मा नेकपा (एस) बारा जिल्ला कमिटी गठन भएदेखि पार्टीभित्र अवाञ्छित गतिविधि गरेको आरोप छ।

विश्वकर्मा विगत २५ वर्षदेखि पार्टीको नामबाट लाभ र अवसरको पदमा रही अवसरवादी भएको चौधरीको भनाइ छ। उनकाे अराजनीतिक र गैरसामाजिक गतिविधिबाट टाढा रहन आमकार्यकर्ता र पार्टीपंक्तिलाई आग्रह गरेका छन्।

उनीसहित प्रदेश सभा सदस्य सीता गुरुङ एमाले फर्केकी छिन्। गुरुङ समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन्। यस्तै, उनीसहित २५ जना नेताले नेकपा एस छाेडेर एमाले फर्किएका छन्।