१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Wednesday, 02 July, 2025
रासस काठमाडौं
२o७९ असोज १२ बुधबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिभुवन विमानस्थल वरपर चंगा उडाए कारबाही हुने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १८:५८:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा उडाउनेलाई कारबाही हुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चंगा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ। 

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चंगा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा जनाइएको छ। 

यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चंगा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको छ।

दसैँ नजिकिएसँगै अहिले विमानस्थललगायत काठमाडौंका विभिन्न स्थानमा चंगा उडाउने कार्य तीव्र रूपमा चलिरहेको छ।