Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ असोज ११ मंगलबार १९:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछाप घटना : १३ जनाविरुद्ध कर्तव्य ज्यान मुुद्दा दर्ता, १२ जना तारेखमा छुटे

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ असोज ११ मंगलबार १९:२६:००

खाँडादेवी गाउँपालिका– ३ भिरपानीको सित्खामा माझी समुदायले पितृ खुसी नभएको भन्दै स्थानीय बिबी माझीको ज्यान लिएको घटनामा संलग्न १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्दा दर्ता गरी उनीहरूविरुद्ध थप अनुसन्धान थालेको छ। 

पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका थिए। सोही घटनामा मृतक बिबी माझीकी आमा ७० वर्षीया सुनमाया माझी घाइते भएकी थिइन। घटनामा संलग्न भएको भन्दै प्रहरीले घटनास्थलबाट आइतबार र सोमबार गरी २३ जनालाई नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएकाहरूमध्ये १३ जनाविरुद्ध मतृृकको झड्केलो छोरा नाता पर्ने पदमलाल माझीले कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएसँगै उनीहरूविरुद्ध प्रहरीले आवश्यक म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले नियन्त्रणमा लिएका अन्य १२ जनालाई भने सोधपुछको क्रममा उक्त घटनामा संलग्न नदेखिएकाले पछि प्रहरीले बोलाएको बखत उपस्थित हुने गरी अन्य व्यक्तिको जिम्मा लगाई आज छोडिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

उनका अनुसार–किटानी जाहेरीअनुसार खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खाका वर्ष ३७ का शिवबहादुर माझी, वर्ष ४० की राधिका माझी, वर्ष १७ की सपना माझी, वर्ष १९ का भरत माझी र वर्ष २० को सुरज माझीलाई कर्तव्य ज्यान मुुद्दाअन्तर्गत मुद्दा अघि बढाइएको छ। त्यसैगरी, सोही घटनामा संलग्न भएको भन्दै १६ वर्षीय सबिना माझी, १९ वर्षीय मनीषा माझी, वर्ष १६ को शिरीष भन्ने रामकुमार माझी, वर्ष २६ को धनबहादुर माझी र वर्ष १९ को राजेश माझीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक थिङले बताए।